सोमबार, फाल्गुन १२,२०८१ 05:03:35
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 05:03:35
IME remit
Global IME Bank Limited

अर्थतन्त्रको विकासमा सहकारीको योगदान देखिने गरी समस्या समाधान गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

Hyundai Nepal
अर्थतन्त्रको विकासमा सहकारीको योगदान देखिने गरी समस्या समाधान गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ
Nabil Bank Limited

काठमाण्डौ । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेकाले उक्त तथ्य देखिने गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघद्वारा शनिबार आयोजित १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१ औं राष्ट्रिय सहकारी महासंघ स्थापना दिवसको विशेष समारोहलाई संबोधन गर्दा श्रेष्ठले यस्तो बताएका हुन् ।

उक्त अवसरमा उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन र विकासको प्रक्रियालाई तिव्र पारेर अगाडि बढ्नका लागि जति निजी क्षेत्रको आवश्यकता छ त्यति नै सहकारकिो समेत आवश्यकता रहेको औल्याए ।  

‘नेपालमा सहकारी आन्दोलनलाई व्यवस्थित रुपमा अगाडि बढाएरमात्रै नेपालको आर्थिक विकासलाई तिव्र पार्न र सहि दिशामा लैजान सकिन्छ भने हामीले गरिराईका साथ बोध गर्न जरुरी छ,’ श्रेष्ठले भने,‘सहकारीको महत्वलाई आत्मसाथ गर्ने र त्यसको निम्ति जे–जे व्यवस्था गर्नुपर्ने हो त्यस दिशामा जानका लागि अझै मेहेनत गर्नुपर्ने आवश्यक देखिन्छ ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

सरकारमा सहकारीको विषयमा ठूलो बहस भएको उनले बताए । केहि सहकारीमा मात्र समस्या देखिएको बताउँदै उनले भने ,‘त्यसले निश्चित रुपमा अर्थतन्त्र र जनजिवनमा समस्या पैदा ग¥यो । त्यसलाई सम्बोधन गर्ने सन्दर्भमा सरकारमा बहस अगाडि बढ्यो र ‘सहकारीका साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन ? सहकारीविना नेपालमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्छ ? नेपालको अहिलेको आवश्यकता आर्थिक बृद्धि र समृद्धिको प्रक्रिया सहकारी विना सम्भव छ त ? छैन भन्ने निस्कर्षलाई गहिरोगरि आत्मसाथ गर्नुपर्ने निस्कर्षमा हामी छौं ।’  

श्रेष्ठले सहकारीलाई पुन परिभाषित गर्नुपर्ने,यसको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने, बचत तथा कर्जा सुरक्षण कोष बनाउनुपर्ने, समस्या छिटो छानविन गरेर बाँकी छानविनका लागि सिआइबीलाई पठाइहाल्नुपर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा प्रयाप्त जनशक्ति उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय समेत गरेको बताए । साथै, सहकारीमा पनि समस्या आउनुमा राजनीतिको भुमिका रहेको औल्याए ।  

उक्त समारोहको अध्यक्षता गरेका राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी आपैंm पिल्सिएको अवस्थामा रहेको बेला नियामक निकायले समेत अधिकार प्रयोगका नाममा डण्डा चलाउन खोजेको गुनासो गर्दै केही औलामा गन्न सकिने सहकारीहरुले गलत गरे भन्दैमा सिङ्गो सहकारी अभियानप्रति नै पूर्वाग्रही हुन नमिल्ने बताए ।

पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडालले सहकारी जागरण अभियान बढाउनुपर्ने आवश्यकता औल्याउँदै संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकास लक्ष्य हासिल गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए  । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा महासंघका सल्लाहकार खगराज अधिकारीले सरकारी नियामक निकायल सहकारीकर्मीहरुलाई तर्साउने बदनियतले आदेशहरु जारी गर्न नहुने बताउँदै सहकारी क्षेत्र संवेदनसील भएकाले गम्भिर रुपमा उपचार गर्नुपर्ने बताए । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.