Bizshala
  • बुधबार, असार २४,२०८३ 09:07:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अविरल वर्षाले बितण्डा मच्चाउदै, हालसम्म १४ जनाले गुमाए ज्यान

Laxmi Sunrise Bank Limited
अविरल वर्षाले बितण्डा मच्चाउदै, हालसम्म १४ जनाले गुमाए ज्यान

काठमाण्डौ । गत शुक्रबारदेखि देशव्यापी रुपमा आईरहेको अविरल वर्षाले बितण्डा मच्चाउन थालेको छ । अविरल वर्षसँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाले ज्यान गुमाईसकेका छन् ।  

बाढी पहिरो र डुबानमा परी हालसम्म ३ जना बेपत्ता भएका छन् भने १८ जना घाइते भएका छन् । यसरी मृत्यु हुनेमा स्याङ्जामा ३, पर्वतमा २, काठमाण्डौ पाल्पा दाङ र उदयपुरमा १÷१ जना, काभ्रेपलाञ्चोकमा २ र तनहुँमा ३ जना रहेका छन् ।

देशभरै आईरहेको भारी वर्षाका कारण नदि खोलाको जलसतह समेत बढी तटीय क्षेत्रको जनजीवन प्रभावित बनेको छ । देशको विभिन्न राजमर्गहरु समेत बाढी पहिरोका कारण अवरुद्ध भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ।  साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक(दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा  गण्डकी र  लुम्बिनी  प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.