मंगलवार, असार ३,२०८२ 04:07:40
  • मंगलवार, असार ३,२०८२ 04:07:40
Global IME Bank Limited

भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो

Hyundai Nepal
भारतद्वारा नेपाललाई दिने अनुदान रकम वृद्धि, ७ सय करोड भारु छुट्टाइयो
Nabil Bank Limited

काठमाण्डौ । भारत सरकारले नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरेको छ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज संसदमा बजेट पेश गर्दै नेपाललाई दिदै आएको अनुदान रकम वृद्धि गरिएको बताएकी हुन् ।  

सीतारमणले नेपाललाई यस आर्थिक वर्षमा कुल ७ सय करोड भारुबराबरको अनुदान प्रदान गरिने बताइन् । यो रकम अघिल्लो आवमा प्रदान गरिएको अनुदानको तुलनामा ५० करोड बढी हो । भारत सरकारले अघिल्लो आवमा भने नेपालका लागि ६५० करोड भारुबराबरको अनुदान छुट्टाएको थियो । गत आवमा पहिलोपटक नेपालका लागि ५५० करोड छुट्टाइएकोमा पछि संशोधित बजेटमा थप १०० करोड भारु थप गर्दै अनु्दान रकमलाई ६५० पुर्याइएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो आवमा भारतले सबैभन्दा धेरै अनुदान भुटानका लागि छुट्टाएको छ । भारत सरकारले भुटानलाई २ हजार ६८.५६ करोड भारु दिने निर्णय गरेको छ ।  

त्यस्तै अफगानिस्तानलाई २०० करोड भारु,बंगलादेशलाई १२० करोड, श्रीलंकालाई २४५ करोड,माल्दिभ्सलाई ४०० करोड र म्यान्मारलाई २५० करोड भारु अनुदानका रुपमा प्रदान गरिने सीतारमणले बताइन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.