आईतवार, फाल्गुन ३,२०८२ 06:14:34
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 06:14:34
Bizshala
Global IME Bank Limited

दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा

दुर्घटनामा परेको जहाज सौर्यले खरिद गर्नुअघि ५ वटा कम्पनीले प्रयोग गरेको खुलासा
Shivam Cement

काठमाण्डौ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको  जहाजले  २१ वर्ष ४ महिना उडान भरिसकेको खुलेको छ । आज त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको ९ एन–एएमई जहाज बम्बार्डियर सीआरजे २०० सिरिजको हो । यो जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो ।

सौर्य एयरलाइन्सले खरिद गर्नुअघि यो जहाज ५ वटा कम्पनीले उटाईसकेका थिए । यो जहाजलाई सबैभन्दा पहिले सन् २००३ मा अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले खरिद गरेको थियो । यसपछि यसलाई अगस्ट २००४ मा अमेरिकाको इन्डिपेन्डेन्स एयरले खरिद गरेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो जहाजलाई इन्डिपेन्डेन्स एयरले जुन २००७ सम्म प्रयोग गरेको थियो । सन् २००८ मा इन्डिपेन्डेन्स एयरले यो जहाज नाइजेरियाको एरिक एयरलाई बिक्री गरेको थियो । एरिकले पनि सन् २००८ मा दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसलाई बिक्री गरेको थियो ।  यो जहाजलाई कम्पनीले करिब १० वर्ष चलाएको थियो । त्यपछि  

सन् २०१७ मा अमेरिकाका लिजिङ कम्पनी एरोलिजले खरिद गरेको थियो सौर्य एयरलाइन्सले मार्च २०१७ मा यो जहाजलाई खरिद गरेको थियो ।  

कम्पनीले विमानको इन्जिन परीक्षणका लागि काठमाण्डौबाट पोखरा विमानस्थल लैजाने निर्णय गरेको थियो । जस क्रममा आज उक्त जहाज काठमाण्डौको त्रिभुवन विमानस्थलमा दुर्घटना परेको छ । यो दुर्घटना १८ जनाको मृत्यु भएको छ भने विमानका मुख्य पाइलटको उपचार भईरहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.