सोमबार, बैशाख ८,२०८२ 01:03:46
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 01:03:46
IME remit
Global IME Bank Limited

स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम सुरु

Hyundai Nepal
स्याहार अर्थतन्त्रको सान्दर्भिकता  विषयक रोजगारदाता तालिम सुरु
Nabil Bank Limited

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ। निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको हो। बुधवारबाट सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौविच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको बताइएको छ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा  महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो। 

तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्देश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाई महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए। तीन दिनसम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेकी छन्। 

प्रमुख अतिथिले उद्घाटन सत्रमा स्याहार अर्थतन्त्रमा अव सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलाप संग जोडिएको विषय भएको हुदा अव स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय वनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएका थिए।

तीन दिनसम्म सञ्चालन हुने उक्त तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.