आईतवार, बैशाख ६,२०८३ 11:20:33
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:20:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्: अध्यक्ष ढकाल

Bizshala
नेपालमा लगानीका प्रशस्त अवसरहरू छन्: अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरका हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्याङ्कलाई पनि प्रष्ट पार्दै बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई दुई च्याम्बरले व्यापार र लगानीका लागि कसरी राम्रो सहकार्य गर्न सकिन्छ भन्ने उपाय खोज्न आग्रह गरे।

उनले दुई चेम्बरबीच राम्रो सम्बन्ध कायम भएमा नेपालले स्पेनमा निर्यात बढाउन सहयोग पुग्ने बताए। ढकालले पछिल्लो दशकमा नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ प्रतिशत देखि ६ प्रतिशतको हाराहारीमा रहेको जानकारी दिए। 

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले आठवटा लगानी ऐन परिमार्जन गरेको उनले बताए। उनले भने,‘यी सुधारहरू विदेशी लगानीका लागि थप अनुकूल वातावरण सिर्जना गर्न र नेपालमा व्यापार गर्न सहजता सुनिश्चित गर्न गरिएको हो।’

ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको बताए। उनले भारत र चीनबीचको नेपालको रणनीतिक स्थानले विश्वका दुई ठूला बजारमा व्यापार र लगानीका लागि अनुपम अवसरहरू उपलब्ध गराएको उल्लेख गरे।

‘हामीले विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले खुला र उदार व्यापार नीति लिएका छौं, उनले भने। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले साझेदारी कायम गर्न सके दुवै चेम्बरका लागि फाइदा हुने सुनाए।

यसैबीच, बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचले दुई च्याम्बर बीच राम्रो सहकार्य हुन सक्ने बताए। उनले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीका लागि पहल गर्ने बताए।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.