शुक्रबार, जेष्ठ १,२०८३ 03:57:39
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:57:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

परिस्थितिवश लघुवित्तको ऋण नतिर्नेले ६ महिनाका लागि कालोसूचीबाट हट्नसक्ने

Laxmi Sunrise Bank Limited
परिस्थितिवश लघुवित्तको ऋण नतिर्नेले ६ महिनाका लागि कालोसूचीबाट हट्नसक्ने
Shivam Cement

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएकाहरुले केही महिनाकै लागि भए पनि राहात पाउने भएका छन् ।  

राष्ट्रबैंकले आइतबार एक सर्कुलर जारी गर्दै ऋणिहरुको वर्गीकरण गरेको छ । जसमा परिस्थितिवश ऋण नतिर्ने ऋणिहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएतापनि यदि केही समय प्रदान गरेकामा ऋणिले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाका लागि कालोसूचीबाट हटाउन सकिने व्यवस्था गरेको हो ।  

तर, ६ महिनाभित्र ऋण चुक्ता नगरेमा अनिवार्य रुपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्नेछ ।

Bizshala
New Office
CG Motors

राष्टबैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिई नतिर्ने ऋणीहरुलाई नियतपूर्वक ऋण नतिर्ने र परिस्थितिवश ऋण नतिर्ने भनी दुई समूहमा वर्गीकरण गरेको छ । यी दुई खालको ऋणिहरुको परिभाषा निम्नअनुसार गरिएको छः

(१) नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु

क) भुक्तानीको भाखा नाघेको १ वर्षसम्म पनि संस्थाको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका र भुक्तानीको प्रतिबद्धता जाहेर नगरेका,  

ख) संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै पनि बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गरेका,  

ग) आफूसँग भएको अन्य सम्पत्ति ऋण तिर्नमा प्रयोग नगरेका,  

घ) संस्थाबाट जुन परियोजनाको लागि ऋण लिएको हो उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गरेका (Diversion of Fund), व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेका (Siphoning off) तथा अन्य सम्पत्ति सिर्जना गरेका,  

ङ) पारिवारिक आय, धितो वा व्यवसायको सन्दर्भमा जानीबुझी झुठो विवरण प्रदान गरेका,  

च) ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका, छ) ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग÷लाई मिलीमतो गरी÷दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दबाब दिने गरेका,  

ज) ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका ।

(२) परिस्थितिवशः ऋण नतिर्ने ऋणीहरु

क) ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि काबु बाहिरको परिस्थिति, असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकुल आन्तरिक/बाह्य अवस्था वा प्राकृतिक प्रकोपका कारण व्यवसाय वा पारिवारिक आयमा कमि आई वा समस्याग्रस्त बनी ऋण तिर्न नसकेका,

ख) बैंकको निरन्तर सम्पर्कमा रहि एकभन्दा बढी व्यवसायको श्रोतबाट आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति÷धितो बिक्री गर्न पहल गरेका र यस्तो पहल पर्याप्त हुँदा समेत कर्जा तिर्न असमर्थ भएका ।  

ग) नेपाल सरकारले ग्राहकको जायजेथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेका ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X