बिहीबार, असार ११,२०८३ 09:33:02
Bizshala
  • बिहीबार, असार ११,२०८३ 09:33:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

Laxmi Sunrise Bank Limited
निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

काठमाण्डौ । निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन् । अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दामा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका हुन् ।  

अर्याललाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश दिएको हो । अर्याल साउन १३ गते नै धरौटी बुझाएर रिहा भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

गत असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव बैकुण्ठ अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.