काठमाण्डौ । भारतको केरला राज्यको वायनाड जिल्लामा आएको पहिरो परि कम्तिमा ८४ जनाको मृत्यु भएको छ । वायनाड जिल्लाको पहाडी क्षेत्रमा मंगलबार भिषण पहिरो आएको थियो ।
अहिले पहिरोमा फसेकाको उद्धार कार्य भईरहेको छ । तर अविरल वर्षा र मुख्य पुल क्षतिग्रस्त भएकाले उद्धार कार्यमा कठिनाई आईरहेको जनाइएको छ ।
उद्धार कार्यका लागि भारतीय सेनाले प्रभावित क्षेत्रमा २ सय जना सैन्य जवान पठाएको छ । यस्तै स्थानिय अस्पतलामा १०० जना घाइतेको उपचार भईरहेको छ भने कम्तिमा २५० जनाको उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ ।
पहिरोका कारण पश्चिमी घाट पहाडी क्षेत्रमा पर्ने वायनाड जिल्लाको मुन्डक्काई,आथामाला,चुरामाला र कुनहोम जस्ता क्षेत्रहरु सबैभन्दा धेरै प्रभावित भएका छन् ।
चुरामालालाई र मुन्डकाई र आटामालासँग जोड्ने पुल पहिरोले बगाएपछि उद्धार कार्यमा कठिनाई आईरअेको पीटीआईले जनाएको छ ।