भारतको केरला राज्यमा आएको पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु
काठमाण्डौ । भारतको केरला राज्यको वायनाड जिल्लामा आएको पहिरो परि कम्तिमा ८४ जनाको मृत्यु भएको छ । वायनाड जिल्लाको पहाडी क्षेत्रमा मंगलबार भिषण पहिरो आएको थियो । अहिले पहिरोमा फसेकाको उद्धार कार्य भईरहेको छ । तर अविरल वर्षा र मुख्य पुल क्षतिग्रस्त भएकाले उद्धार कार्यमा कठिनाई आईरहेको जनाइएको छ ।