काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको मकवानपुरगढी शाखा कार्यालयले मकवानपुर जिल्ला हेटौडा वडा नं.६ निवासी संस्थाका सदस्य सानुबाबु सार्कीको श्रीमती शारदा सुर्खेतीको मृत्यू पश्चात सदस्य सानुबाबु सार्कीलाई ऋण मिनाहा तथा बीमाबापतको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
सानुबाबु सार्कीले संस्थाबाट रु.५ लाख कर्जा लिएका थिए । उनकी श्रीमतीको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमाअन्तर्गत श्रीमतीको मृत्यू पश्चात दिइने काजक्रिया खर्च रु.२५ हजार तथा तिरेको किस्ता रकम रु.५० हजार समेत फिर्ता गरी जम्मा रकम रु.७५ हजार निज सदस्य सानुबाबु सार्कीलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सम्झना कार्कीले बताइन् ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सम्झना कार्की तथा शाखाका कर्मचारी शशि सिलवाल,श्रीराम रिमाल र केशव चौलागाइको उपस्थिति रहेको संस्थाले जनाएको छ ।