काठमाण्डौ। अर्थमन्त्री विष्णु पौडेलले किताबमा कर लगाउनु भनेको ज्ञानमा कर लगाउनु रहेको बताएका छन्। शुक्रवार किताब जात्राको छैटौँ संस्करण आर्मी अफिसर्स क्लबमा उनले यस्तो बताएका हुन्।
उनले किताबमा १० प्रतिशत कर लगाउने निर्णय आफ्नो नभएको बताए। किताबमा लगाएको कर आफ्नै निर्देशनमा हटेको उनको भनाई छ।
उनले देशमा राजनीतिक स्थिरता चाहिएको र संविधानका अधिकार जनताको जीवनमा लागू हुनुपर्ने पनि बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।