मंगलवार, आश्विन २८,२०८२ 11:25:24
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 11:25:24
IME remit
Global IME Bank Limited

संकटमा फस्यो जानकी फाइनान्स: खराब कर्जा बढेर ३७.१३%, नेटवर्थ घटेर रु. ५७.८६ मा सीमित हुँदा इपीएस रु. १९.८७ ले ऋणात्मक

Hyundai Nepal
संकटमा फस्यो जानकी फाइनान्स: खराब कर्जा बढेर ३७.१३%, नेटवर्थ घटेर रु. ५७.८६ मा सीमित हुँदा इपीएस रु. १९.८७ ले ऋणात्मक
Shivam Cement

काठमाण्डौ । कुल ६९ करोड चुक्तापूँजी रहेको जानकी फाइनान्सले आर्थिक वर्ष २०८०-८१ मा १३ करोड ७१ लाख बढी खूद घाटा व्यहोरेको छ ।  

ठूलो घाटा व्यहोर्दा कम्पनीका मुख्य वित्तीय सूचकमा गम्भीर धक्का लागेको देखिएको छ। मुख्य सूचकहरुमा पहिरो गएका कारण यो कम्पनीलाई नियामकले टेकओभर गरी शीघ्र सुधारात्मक कारबाही गर्नुपर्ने पनि देखिन्छ । 

Shivam Cement
Bizshala
CG Motors

 अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जानकी फाइनान्सका अधिकांश सूचकहरुमा निकै ठूलो पहिरो गएको देखिन्छ । जस्तो, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८७ पैसाले ऋणात्मक बन्न पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा इपीएस ६० पैसाले धनात्मक थियो ।  

अघिल्लो वर्षको यही अवधिसम्म कम्पनी ४१ लाख ४८ हजार रुपैयाँले नाफामा थियो । तर, खराब कर्जामा अचाक्ली बढोत्तरी हुँदा, आम्दानी घट्दा र कम्पनीभित्रको भद्रगोल अवस्था बढेका कारण कम्पनी चरम घाटामा देखिएको हो ।  

अघिल्लो वर्ष ५९ लाख २५ हजारले धनात्मक रहेको खूद सञ्चालन मुनाफा यो वर्ष घटेर १३ करोड ७१ लाखले नै ऋणात्मक बन्न पुगेको छ ।  

अघिल्लो वर्ष १६ करोडको हाराहारीमा रहेको खूद ब्याज आम्दानी घटेर ११ करोड ३० लाखमा सीमित भएको छ भने खराब कर्जा अनुपात ह्वात्तै बढ्दा सम्भावित जोखिम व्यवस्थापनका लागि गर्नुपर्ने प्रभिजन दोब्बरले बढेको छ । अघिल्लो वर्ष कम्पनीले १२ करोड ४१ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थापनका लागि प्रभिजन गरेकोमा यो वर्ष २१ करोड १८ लाख बढी प्रभिजन गर्नुपरेको छ । यसले समेत कमाएको नाफा प्रभावित भएको हो ।  

अघिल्लो वर्ष १८.६५ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर २०८०–८१ को चौथो त्रैमाससम्ममा ३७.१३ प्रतिशत पुगेको छ । यसरी खराब कर्जा उच्च दरले बढेर कम्पनी संकटग्रस्त अवस्थामा पुगेको प्रष्ट देखिन्छ ।  

कम्पनीको खूद नाफा कुल आम्दानी प्रतिशत २७.५७ प्रतिशतले नेगेटिभ, मूल्य आम्दानी अनुपात ३७.३८ गुणाले नेगेटिभ, प्रतिसेयर नेटवर्थ घटेर ५७.८६ रुपैयाँ देखिएको छ ।  

यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य चाहिँ प्रतिकित्ता ७४४ रुपैयाँ पुगेको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.