काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ४ वटा शाखा कार्यालय स्थानान्तण गरेको छ । बैंकले सिभिल बंैकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा, धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरेको हो ।
उक्त शाखाबाट साउन २७ गतेदेखि सेवा शुभारम्भ भएको छ ।
बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बंैकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विपिन हाडाले र पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।