Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 07:49:43
Bizshala
Global IME Bank Limited

मारुती सुजुकी इण्डियाले जापानमा निर्यात गर्न थाल्यो कार, भारतीय अटो क्षेत्रका लागि कोशेढुङ्गा

Hyundai Nepal
मारुती सुजुकी इण्डियाले जापानमा निर्यात गर्न थाल्यो कार, भारतीय अटो क्षेत्रका लागि कोशेढुङ्गा
Shivam Cement

काठमाण्डौ । मारुती सुजुकी इण्डिया लिमिटेडले भारतमा बनेको एसयुभी कार ‘द फ्रन्एक्स’जापानमा निर्यात गर्न सुरु गरेको छ । मारुती सुजुकी इण्डियाले जापानमा डेब्यु गर्दै जापानी बजारमा आफ्नो पहिलो एसयुभी निर्यात गर्न सुरु गरेको हो ।  

कम्पनीको यो उपलब्धिलाई भारतीय अटो क्षेत्रको कोशेढुङ्गाको रुपमा लिइएको छ । भारतको गुजरातमा रहेको पिपाभाभ बन्दरगाहबाट १६ सय युनिट फ्रन्एक्स एसयुभी जापानतर्फ पठाइएको छ । कम्पनीले यसअघि सन् २०१६ मा बालेनो पनि जापान निर्यात गरेको थियो ।  

CG Motors
Bizshala
Garima Development Bank

फ्रन्एक्सको उत्पादन भारतको गुजरात राज्यमा गरिएको हो । मारुती सुजुकीका म्यानेजिङ डाइरेक्टर तथा सीईओ हिसासी ताकुईचीले जापानमा एसयुभी निर्यात गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले जापान जस्तो अटो क्षेत्रमा निकै विकसीत देशमा फ्रन्एक्स एसयुभी निर्यात गर्नु कम्पनीका लागि ठूलो उपलब्धि भएको बताएका छन् ।  

कम्पनीले आर्थिक वर्ष २०२३/२४ मा विश्वका विभिन्न १०० देशमा २.८ लाख युनिट कार निर्यात गरेको थियो । कम्पनीले सन् २०२४/२५ को पहिलो त्रैमाससमा ७० हजार ५६० युनिट कार निर्यात गरेको थियो । जुन कम्पनीको हालसम्मकै सर्वाधिक त्रैमासिक निर्यात हो ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.