काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पार्टनर फर प्रोग्रेस नामक फेसवुक भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । बैंकले गत गत जेठ र असार महिनामा उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति वा संघ संस्थालाई सबै माझ चिनाउने र सम्मान गर्ने उद्देश्यले बैंकले सो प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगिताको समाप्तीसँगै छानिएका उत्कृष्ट ३ बिजेतालाई बंैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आज आयोजित एक समारोहका बीच सम्मान स्वरुप चेक हस्तान्तरण गरेका छन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट भएकी निकिता गुरुङ, द्वितीय बबिता दुलाल बस्ताकोटी र तृतीय कृशल श्रेष्ठलाई क्रमश नगद पुरस्कार रु ५० हजार, ३० हजार र रु २० हजार रुपैयाँ प्रदान गरिएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।