सोमबार, बैशाख ८,२०८२ 11:36:29
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 11:36:29
IME remit
Global IME Bank Limited

सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष ढकाल

Hyundai Nepal
सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्छ : अध्यक्ष ढकाल
Nabil Bank Limited

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कर्जाको दुरुपयोग हुन नदिने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिलाई सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

नेपालको बैंकिङ क्षेत्र सुरक्षित र दरिलो रहेको बताउँदै उनले सरकारले कर्जा दुरुपयोग रोक्नुपर्ने तथा लगानीकर्तालाई निषेध र नियन्त्रण गर्न नहुने बताए। यस्तै, उनले निजी क्षेत्रको भूमिका संकुचित बनाउने गरी सरकारले कानुनहरू बनिरहेको गुनासो गरे। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

अध्यक्ष ढकालले निजि क्षेत्रसँग सम्बन्धित कानुनहरू बनाउँदा सरकारले निजी क्षेत्रको भूमिका र लगानी संकुचित गर्न खोजेको उल्लेख गरे।

धितोपत्र बोर्ड लगायतका संस्थाहरुमा आईक्यान र महासंघलाई सदस्यबाट हटाउने कानुन ल्याउनु जायज नभएको र करिब डेढ दर्जन निजी क्षेत्र सम्बद्ध कानुनहरू संघीय संसदमा छलफलमा रहेका कानुनहरू हुबहु पास भए अर्थतन्त्रमा नै समस्या पर्ने धारणा राखे।

यस्तै, उनले राष्ट्रिय सभाले पास गरेको अख्तियार अनुसन्धान आयोग सम्बन्धित विधेयकलाई लिन सकिने भन्दै अख्तियार निजी क्षेत्रमा प्रवेश गराउन नहुने सुनाए।

उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक तथा वित्तीय संस्थामा १ प्रतिशत भन्दा बढी लगानी भएको व्यक्तिले कतैबाट पनि कर्जा लिन नपाउने व्यवस्थाले उद्योगमा लगानी संकुचन हुने उनको भनाइ छ। 

उनले सरकारले निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्ने गरी ऐन कानुनहरू बनाउन जरुरी रहेको बताए।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.