सोमबार, श्रावण १८,२०८३ 07:25:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:25:41
Bizshala
Global IME Bank Limited

लिबियाको केन्द्रीय बैंकका निर्देशकको अपहरण, सम्पूर्ण कामकाज स्थगित

लिबियाको केन्द्रीय बैंकका निर्देशकको अपहरण, सम्पूर्ण कामकाज स्थगित
New Office

काठमाण्डौ । राजधानी त्रिपोलीमा एक वरिष्ठ कर्मचारी अपहरण भएपछि लिबियाको केन्द्रीय बैंकले आफ्ना सबै कामहरू स्थगित गरेको घोषणा गरेको छ ।

बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधि निर्देशक मुसाब मुसालेमको अपहरण भएकाले बैंकका सबै काम स्थगित गरेको घोषणा गरेको हो । यसका साथै बैंकले उक्त अपहरणको निन्दा समेत गरेको छ।

मुसालेमलाई आइतबार बिहान अपरिचित समूहले उनको घरबाट लगेको र अन्य कर्मचारीहरूलाई अपहरणको धम्की दिइएको जनाइएको छ। केन्द्रीय बैंकले मुसालेमलाई रिहा नगरेसम्म कामहरू सुचारु नहुने लिबियाको केन्द्रीय बैंकले जनाएको छ ।  

लिबिया राज्यको स्वामित्वकोे स्वतन्त्र संस्थाको रुपमा रहेको लिबिया केन्दूीय बैंक लिबियाको तेल राजस्वको लागि एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिपोजिटरी संस्था हो । तेल आम्दानीका लागि त्रिपोली र बेनघाजीमा दुई प्रतिद्वन्द्वी सरकारहरुबीच वर्षौंदेखि संघर्ष चल्दै आईरहेको छ ।  

एएफपी समाचार एजेन्सीका अनुसार केन्द्रीय बैंकलाई हतियारधारीहरूले घेराबन्दी गरेको एक हप्तापछि यो घटना सार्वजनिक भएको हो । एएफपीका अनुसार हतियारधारीहरूले बैंकका गभर्नर सेद्दिक अल–कबिरलाई जबरजस्ती राजीनामा दिनको लागि अपहरण गरेका हुन्।

२०१२ देखि पदमा रहँदा कबीरले तेल स्रोतको व्यवस्थापन र राज्यको बजेटलाई लिएर आलोचनाको सामना गर्नु परेको छ। सन् २०११ मा लिबियाका नेता मुअम्मर गद्दाफीलाई अपदस्थ गरी हत्या गरेपछि देश लामो समयदेखि असुरक्षाको चपेटामा परेको छ।

लिबिया शक्ति संघर्षले विभाजित भएको छ र हाल यहाँ दुईवटा सरकारहरू छन् । एउटा संयुक्त राष्ट्रले मान्यता प्राप्त एउटा त्रिपोलीमा आधारित छ भने अर्को देशको पूर्वमा रहेको छ , जसलाई विद्रोही नाइके जनरल खलिफा हफ्तारको समर्थन छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.