लिबियाको केन्द्रीय बैंकका निर्देशकको अपहरण, सम्पूर्ण कामकाज स्थगित
काठमाण्डौ । राजधानी त्रिपोलीमा एक वरिष्ठ कर्मचारी अपहरण भएपछि लिबियाको केन्द्रीय बैंकले आफ्ना सबै कामहरू स्थगित गरेको घोषणा गरेको छ ।बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधि निर्देशक मुसाब मुसालेमको अपहरण भएकाले बैंकका सबै काम स्थगित गरेको घोषणा गरेको हो । यसका साथै बैंकले उक्त अपहरणको निन्दा समेत गरेको छ।