सोमबार, असार २,२०८२ 02:07:58
  • सोमबार, असार २,२०८२ 02:07:58
Global IME Bank Limited

अपि पावरको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
अपि पावरको सेयर स्ट्रङ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनी मध्यको एक हो । यो कम्पनी विंस २०६० सालमा प्राइभेट कम्पनीको रुपमा स्थापित भएको थियो । विस २०७० सालमा कम्पनी सर्वसाधारणमा परिणत भएको थियो । कम्पनीले विभिन्न प्रोजेक्टहरु सञ्चालनमा ल्याएको छ । जसमा अपर चमेलिया ४० मेगावाट, अपर नौगाड ८ मेगावाट , नौगाड स्मल ८.५ मेगावाट गरेर कुल ५६.५ मेगावाट विद्युत उत्पादन गरेको छ । यसको साथै कम्पनीले चन्द्रानिगाहपूर, ढल्केबर र सिमरामा गरेर ६ मेगावाट क्षमताको सोलार पावर पनि उत्पादन गरिरहेको छ । यी सबै गरेर कम्पनीले कुल ६२.५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । यसको साथै कम्पनीले अरुण हाइड्रो, अरुण काबेली पावर, रिडि हाइड्रो तथा एचआइडिसिएलमा गरेर ३८ करोड ८१ लाखबराबरको थप लगानी गरेको छ ।  

आधारभूत पक्षः  

गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ४५ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८९ रुपैँया रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.७३ रुपैयाँ र पीई रेसियो करिब ४६ गुणा रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटर  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल ८० को तहमा स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । यदि कम्पनीको सेयर मूल्य ८० भन्दा बढी भएमा कम्पनीप्रति लगानीकर्ताको अधिक आकर्षण र २० भन्दा कम भएमा बिकर्षण भन्ने बुझिन्छ । यस आधारमा हाल यस कम्पनीमा लगानीकर्ताको अधिक आकर्षण भएको मान्न सकिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य ३६७ रुपैयाँ र न्यून मूल्य १५६ रुपैयाँ रहको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डका आधारमा कम्पनीको सेयर मूल्य अपर ब्याण्डसँगै हिंडेको छ । यसले पनि कम्पनीको सेयर भाउ अप ट्रेन्डमा चलेको देखिन्छ । तर पछिल्लो कारोबारमा भने कम्पनीको सेयरमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले कम्पनीको सेयरभाउमा अल्पकालिन करेक्सन पनि आउन सक्छ । म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभर बट जोनमा चलेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरमा भने कम्पनीको सेयर भाउ बुलिस चलेको देखिन्छ ।

पिभट् प्वइन्टः  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ५१४

प्रतिरोध २ – ४४७

प्रतिरोध १–  ४११

पिभट प्वइन्टः ३४४

घटेमा सपोर्ट  

सपोर्ट १– ३१४

सपोर्ट २– २४१

सपोर्ट  ३ – २०५

निष्कर्षः आधारभूत रुपमा कम्पनीको अवस्था सन्तोषजनक देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी र खुद नाफामा सुधार आएको देखिन्छ । कम्पनीेले सोलर पावर लगाएत विभिन्न क्षेत्रमा लगानी गरेका कारण अल्पकालको लागि भन्दा पनि दीर्घकालका लागि कम्पनी उपयुक्त देखिन्छ । प्राविधिक रुपमा फियर एण्ड ग्रिड मिटरमा बुलिस सेन्टिमेन्टमा चलेको छ । बोलिङ्गर ब्याण्ड तथा अन्य इन्डिकेटरबाट नियाल्दा अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेका कारण आगामी कारोबारमा यस कम्पनीमा अल्पकालिन  करेक्सन आउन पनि सक्छ । तर दीर्घकालका लागि भने कम्पनी उत्तम नै देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.