मंगलवार, श्रावण १९,२०८३ 03:17:18
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 03:17:18
Bizshala
Global IME Bank Limited

बंगलादेशका ६ वटा बैंक संकटमा

बंगलादेशका ६ वटा बैंक संकटमा
New Office

काठमाण्डौ । बंगलादेशका ६ वटा बैंक संकटमा परेका छन् । बंगलादेशको केन्द्रीय बैंक,‘बंगलादेश बैंक’को सहायताका बाबजुत ६ वटा बैंकको चल्ति खातामा रकम अभाव देखिएको हो ।  

रकम अभाव देखिने बैंकहरुमा नेशनल बैंक, फर्स्ट सेक्युरिटी इस्लामिक बैंक,सोसियल इस्लामिक बैंक,युनियन बैंक,ग्लोबल इस्लामिक बैंक र बंगलादेश कमर्स बैंक रहेका छन् । यी मध्ये ४ वटा बैंक सरियामा आधारित छन् । यी बैंकहरु केन्द्रीय बैंकको तरलता सहायतका बाबजुत पनि संकटमा परेका हुन् ।  

गत अगस्ट ७ सम्म यी ६ वटा बैंकको चल्ति खाता १४ हजार ६२१ करोड टाकाले अपुग रहेको छ । यदि यी बैंकहरुको क्यास रिजर्भ रेसियो डेफिसिटलाई आधार मान्ने हो भने कुल अपुग रकम २० हजार ७७४ टाकाबराबर हुन आउने केन्द्रीय बैंकको आँकडाले देखाउँछ ।  

बैंकहरुको चल्ति खातामा देखिएको कमीले बैंकहरु गहिरो संकटमा रहेको हुन सक्ने बंगलादेशको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् । विभिन्न क्लियरिङ भुक्तानी प्रणालीका लागि साधारणतया बैंकहरुले केन्द्रीय बैंकमा चल्ति खाता राख्नुपर्ने र उक्त खातामा तोकिएको रकम हुनुपर्ने र उक्त रकम अपुग भएमा केन्द्रीय बैंकले त्यस्ता बैंकलाई क्लियरिङ प्लेटफर्मबाट बन्देज लगाउन सक्ने बंगलादेश बैंकका अधिकारीले बताएका छन् ।  

बंगलादेश बैंकले एक वर्षसम्म उपलब्ध गराएको तरलता सहायताका बाबजुत यी ६ बैंकले रकम अभावको सामना गर्नुपरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.