मंगलवार, असार ३,२०८२ 06:31:00
  • मंगलवार, असार ३,२०८२ 06:31:00
Global IME Bank Limited

बंगलादेशका ६ वटा बैंक संकटमा

Hyundai Nepal
बंगलादेशका ६ वटा बैंक संकटमा
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशका ६ वटा बैंक संकटमा परेका छन् । बंगलादेशको केन्द्रीय बैंक,‘बंगलादेश बैंक’को सहायताका बाबजुत ६ वटा बैंकको चल्ति खातामा रकम अभाव देखिएको हो ।  

रकम अभाव देखिने बैंकहरुमा नेशनल बैंक, फर्स्ट सेक्युरिटी इस्लामिक बैंक,सोसियल इस्लामिक बैंक,युनियन बैंक,ग्लोबल इस्लामिक बैंक र बंगलादेश कमर्स बैंक रहेका छन् । यी मध्ये ४ वटा बैंक सरियामा आधारित छन् । यी बैंकहरु केन्द्रीय बैंकको तरलता सहायतका बाबजुत पनि संकटमा परेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत अगस्ट ७ सम्म यी ६ वटा बैंकको चल्ति खाता १४ हजार ६२१ करोड टाकाले अपुग रहेको छ । यदि यी बैंकहरुको क्यास रिजर्भ रेसियो डेफिसिटलाई आधार मान्ने हो भने कुल अपुग रकम २० हजार ७७४ टाकाबराबर हुन आउने केन्द्रीय बैंकको आँकडाले देखाउँछ ।  

बैंकहरुको चल्ति खातामा देखिएको कमीले बैंकहरु गहिरो संकटमा रहेको हुन सक्ने बंगलादेशको केन्द्रीय बैंकका अधिकारीहरुले बताएका छन् । विभिन्न क्लियरिङ भुक्तानी प्रणालीका लागि साधारणतया बैंकहरुले केन्द्रीय बैंकमा चल्ति खाता राख्नुपर्ने र उक्त खातामा तोकिएको रकम हुनुपर्ने र उक्त रकम अपुग भएमा केन्द्रीय बैंकले त्यस्ता बैंकलाई क्लियरिङ प्लेटफर्मबाट बन्देज लगाउन सक्ने बंगलादेश बैंकका अधिकारीले बताएका छन् ।  

बंगलादेश बैंकले एक वर्षसम्म उपलब्ध गराएको तरलता सहायताका बाबजुत यी ६ बैंकले रकम अभावको सामना गर्नुपरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.