आईतवार, बैशाख ७,२०८२ 03:04:49
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 03:04:49
IME remit
Global IME Bank Limited

देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

Hyundai Nepal
देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल
Nabil Bank Limited

काठमाण्डौ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले देशको विकास र समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्नुपर्ने बताएका छन्। 

बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र उपायको संयुक्त आयोजनामा काठमाण्डौमा आयोजित ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ऊर्जा उत्पादन र निर्यातमा भन्दा पनि ऊर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने बताएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

उनले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताए। 

नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूला ठूला बहुराष्ट्रिय कम्पनीलाई नेपालमा उद्योग लगाउन प्रोत्साहन गर्ने नीति सरकारले ल्याउने योजना बनाइरहेको उनको भनाइ छ।

ऊर्जा उत्पादनमा समय र मेहनेत लगाएका ऊर्जा उद्यमीहरुले समस्या छन् भनेर थाक्न नपाइने भन्दै मन्त्री पौडेलले समस्याहरु एक एक गरी समाधान गर्न बृहत छलफलमा आउन ऊर्जा उद्यमीहरुलाई आग्रह गरे।

नेपालको ऊर्जा क्षेत्रको यो प्रगतिलाई प्रगति मानेर बस्न नहुने भन्दै उनले हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने ठाउँमा नेपाललाई छिटो पुर्‍याउनुपर्नेमा जोड दिए।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.