आईतवार, बैशाख ७,२०८२ 04:26:51
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 04:26:51
IME remit
Global IME Bank Limited

यूट्युब च्यानलबाट कसरी हुन्छ आम्दानी, कहाँबाट आउँछ पैसा ?

Hyundai Nepal
यूट्युब च्यानलबाट कसरी हुन्छ आम्दानी, कहाँबाट आउँछ पैसा ?
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समयमा युट्युब चलाउने मानिसहरुको संख्या बढिरहेको छ।  युट्युबमा भिडियो पोस्ट गरेर थुप्रै मानिसहरुले आम्दानी गरिरहेका छन्। विश्वका विभिन्न सेलिब्रिटी, गायक गायिका वा अन्य संघसंस्थाहरुले पनि युट्युब च्यानलमा भिडियो राखेर मनग्य आम्दानी गरेको तपाई हामीले सुन्दै आएको छौँ।

युट्युबबाट पैसा कसरी कमाइन्छ वा हामी पनि युट्युबमार्फत् पैसा कमाउन सक्छौँ भन्ने जिज्ञासा धेरैको हुन्छ। भिडियो अपलोड गरेर नै राम्रै आम्दानी गर्न सकिन्छ भन्ने कुरा हामी सुनिरहेका हुन्छौँ। युट्युबलाई कसरी प्रयोग गर्ने। यही जिज्ञासा मेट्नका लागि हामीले युटुयुबबाट कसरी पैसा आउँछ र यसका लागि हामीले के के गर्नुपर्छ। आज तपाईलाई यसबारेमा जानकारी गराउदैछौँ। 

यूट्युब प्लेटफर्म सन् २००५ मा सार्वजनिक भएको थियो। यदि कसैले यूट्युबमा क्रिएटर वा र्सजकमका रुपमा काम गर्न चाहेको खण्डमा सबैभन्दा पहिले एउट यूट्युब च्यानल हुनु जरुरी हुन्छ। यो च्यानल जिमेल एकाउन्टमार्फत् साइन इन गरेर खोल्न सकिन्छ। यसरी च्यानल तयार भइसकेपछि त्यसमा आफ्नो भिडियो अपलोड गरेर त्यसलाई व्यवस्थित गर्दै रकम कमाउनेतिर लाग्न सकिन्छ।

यूट्युबका लागि भिडियो बनाउँदा यी कुरामा ध्यान दिनुहोस् :

यदि तपाईँ यूट्युबमा निशुल्क रुपमा आफ्नो करियर शुरू गर्न चाहनुहुन्छ भने तपाईँले केही महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्नु जरुरी हुन्छ। अर्थात् तलका केही सामान वा सेवाको राम्रो बन्दोबस्त गर्नुपर्ने हुन्छ। मोबाइल, क्यामरा फोन वा एसएलआर क्यामरा भिडियो एडिटिङका लागि ल्यापटप वा स्मार्टफोन इन्टरनेटको राम्रो कनेक्टिभिटी जीमेलमा एकाउन्ट यूट्युबमा एउटा च्यानल। यूट्युबमा भिडियो बनाउनका लागि आफ्नो मनपर्ने कुनै विषयवस्तुको छनोट। 

 यूट्युबबाट कसरी आउँछ पैसा?

यूट्युबबाट कमाई गर्नका लागि अलि लामो समयसम्म निरन्तर रुपमा काम गरिरहनुपर्छ। केही समय र केही भिडियोपछि नै पैसा आउँछ भन्ने मान्यता राख्नु हुँदैन। यसका लागि लगातार भिडियो क्रिएट अर्थात् सिर्जना गर्नुपर्छ। साथै एक दुईओटा भिडियो भाइरल भएर पैसा पाइन्छ भन्ने मानसिकता पनि राख्न मिल्दैन। 

यूट्युब च्यानल मनिटाइजेशन पोलिसीलाई आत्मसात् गर्दै त्यसै अनुरुप भिडियो बनाउने र अपलोड गर्दै जाने गर्नुपर्छ। यूट्युब च्यानल मनिटाइजेशन पोलिसी अन्य थुप्रै पोलिसी वा नीतिनियमहरुको एउटा समूह हो जसले तपाईलाई यूट्यूब च्यानल मनिटाइज गर्ने मौका दिन्छ। 

भिडियोमा अश्लीलता, नग्नता तथा अन्य योनजन्य सामग्री राख्नु हुँदैन भने बालबालिकाको सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्छ। कुनै दंगा फसाद सिर्जना गर्ने हेट स्पीच अर्थात् द्वेषरघृणायुक्त सामग्री अपलोड गर्नुहुँदैन।

यसबाहेक साइबर अपराध, अरुको मानहानी हुने किसिमका सामग्री राख्न नहुनेजस्ता थुप्रै नीतिहरु कम्युनिटी गाइडलाइन भित्र हुन्छन् जसको उल्लङ्घन गरेमा यूट्युबले रकम अर्थात् पैसा दिँदैन। यू्टयुबले च्यानलमा रहेका सबै भिडियो रिभ्यु गर्दैन। उसले केबल तपाईँको भिडियोको थिमलाई आधार मान्दछ।

थिम भन्नाले उक्त भिडियोको विषयवस्तु र मुख्य सन्देश के सँग सम्बन्धित छ भन्ने हो। यसका लागि कम्पनीले तपाईँको सबैभन्दा बढी भ्यू भएको भिडियोलाई जाँच पड्ताल गर्छ। उसको जाँचको मुख्य विषय भनेकै यो भिडियो किन भाइरल भयो र अन्य भिडियोहरु किन रुचाइएनन् भन्ने हो। 

यसपछि उस्ले सबैभन्दा बढी वाच टाइम कति छ भनेर जाँच गर्छ। साथै भिडियोमा दिइएको डेस्क्रिप्शन वा वर्णनलाई पनि मध्यनजर गर्दछ। कपीराइटमार्फत् कुनै पनि सामग्री वा कन्टेन्टमा उक्त भिडियो अपलोड गर्ने व्यक्तिको आफ्नै अधिकार भएका दृश्य वा संगीतहरु राखिएका छन् वा अरुको अधिकारयुक्त सामग्री ल्याएर अनधिकृत रुपमा जोडिएका छन् भन्ने पत्ता लगाइन्छ।

यदि तपाईँले कुनै अर्को च्यानलमा रहेका भिडियो आफ्नो भन्दै अपलोड गर्नुहुन्छ भने त्यसमार्फत् पनि कपिराइट अर्थात् सर्वाधिकार उल्लङ्घन भएको मानिन्छ। यूट्युबबाट पैसा कमाउनका लागि अपलोड गरिएको भिडियो कुनै पनि हालतमा कपिराइट उल्लङ्घन हुने खालको हुनु हुँदैन। पब्लिशर अर्थात् भिडियो बनाएर अपलोड र प्रकाशन गर्ने युट्युब च्यानलधनीहरुलाई रकमको भुक्तानी गुगल एडसेन्सले दिन्छ।

एडसेन्सले तपाईँको कन्टेन्ट वा वेबसाइटमा आउने व्यक्ति वा भिजिटरका आधारमा तपाईको साइटमा विज्ञापन ल्याउने र राख्ने काम गर्छ। विज्ञापन दिने विज्ञापनदाताले जुन प्रडक्टको प्रचार गर्न चाहेको हो त्यसैको विज्ञापन बनाएर साइटमा राख्ने र त्यो विज्ञापन क्लिक भएको आधारमा च्यानलको पब्लिशरको खातामा निश्चित रकम जाने व्यवस्था गर्छ। विज्ञापनदाताले अलग/अलग विज्ञापनका लागि अलग/अलग रकम तिर्नुपर्ने हुन्छ। यसैले यसमार्फत् हुने कमाइ फरक९फरक परिमाणमा आउन सक्छ। 

सामान्यतया यो टिकटक जस्तै हो, जहाँ भिडियो बनाउँनेले एक मिनेट सम्मको भिडियो बनाएर यसमा राख्न सकिन्छ। यसको लागि सय मिलियन डलर युट्युबले छुट्याएको छ। युट्युब शर्ट्श भिडियो बनाउने हरुले यही सय मिलियन बाट केही रकम प्राप्त गर्दछन्।

युट्युब एपभित्र नै सामान किन्न वा बेच्न सक्ने व्यवस्था युट्युबले गरिदिएको छ। तपाईले आफ्नो च्यानलको नाम राखेर विभिन्न प्रकारको सामानहरुको बिक्रीको फोटो राख्न सक्नुहुन्। तर यसको लागि तपाईसँग १० हजार सब्ष्क्राइबर हुनै पर्छ। 

तर तपाईको च्यानलमा दश हजार सब्ष्क्राइबर छैनन् भनेपनि केही यस्ता एपहरु छन् जुन एपमा तपाई सामान बिक्रीको लागि त्यस प्रकारको एपको प्रयोग गर्न सक्नुहुन्छ। र त्यस्तो एपबाट लिङ्क आफ्नो युट्युब च्यानलको डिस्क्रीप्सनमा राख्न सक्नुहुन्छ र तपाई यसरी पनि आम्दानी गर्न सक्नुहुन्छ।

Shivam Cement
Bizshala
CG Motors
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.