मंगलवार, आश्विन १३,२०८३ 07:16:18
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:16:18
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन

Bizshala
नेपाल टेलिकमद्वारा जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन
New Office

काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो।

साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज Renew हुने व्यवस्था लागु गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दाउपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।

ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमावा साबिकका Normal SMSर Dataप्याकेज प्रयोग गर्न खोजेमा सोपनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र Active हुनेछ ।

अन्य Normal प्याकेज लिएको हकमा भने Validityकम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ ।सेवा deactivateगर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300)subscribe गरीRecurring सेवा बन्द गर्न सक्नेछन् ।

Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.