काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकहरुको मागलाई सम्बोधन गर्न जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालन गरेको छ । मिति २०८२ असोज ३१ गतेदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका सम्पूर्ण सजिलो अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि समाप्त भएपछि स्वचालित रुपमा पुन: प्याकेज खरिद हुनेगरी Renewal प्याकेजहरु सञ्चालनमा ल्याएको हो।
साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर Pro-Rate को आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वत: सोही प्याकेज Renew हुने व्यवस्था लागु गरिएको छ।
अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्क भन्दाउपलब्ध Credit Limit पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जान्छ र भुक्तानी पश्चात् मात्र सेवा सुचारु हुनेछ। यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम रिसोर्सेज सहितका अन्य Recurring प्याकेज खरिद गर्न चाहेमावा साबिकका Normal SMSर Dataप्याकेज प्रयोग गर्न खोजेमा सोपनि खरिद गर्न सकिनेछ । एउटा Recurring प्याकेज चलिरहेको अवस्थामा अन्य Recurring प्याकेज खरिद गरेमा उक्त प्याकेज Pending अवस्थामा रहनेछ र Pending प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र Active हुनेछ ।
अन्य Normal प्याकेज लिएको हकमा भने Validityकम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ ।सेवा deactivateगर्न चाहने ग्राहकले GSM Postpaid Offer (Rs. 300)subscribe गरीRecurring सेवा बन्द गर्न सक्नेछन् ।
Recurring Sajilo Unlimited Package सुचारु गर्न *1415*2*4# डायल गरी छनौट गर्नुपर्नेछ ।