नेपाल टेलिकमद्वारा अनलाइन केवाईसी अपडेट परीक्षणको सुरुवात
काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण केवाईसी क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्य अनलाइन केवाईसी अपडेटको परीक्षण शुभारम्भ गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो ।सो सम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा...

