मंगलवार, भाद्र १६,२०८३ 07:00:48
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 07:00:48
Bizshala
Global IME Bank Limited

टेलिकमको बाढी प्रभावित १२० मध्ये ११३ साइट सञ्चालनमा

टेलिकमको बाढी प्रभावित १२० मध्ये ११३ साइट सञ्चालनमा
New Office

काठमाण्डौ । बाढीका कारण प्रभावित दूरसञ्चार सेवा पुनर्स्थापनामा नेपाल टेलिकमले उल्लेख्य प्रगति गरेको छ। टेलिकमले सोमबार थप तीनवटा साइट सञ्चालनमा ल्याएसँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ११३ वटा सञ्चालनमा आएका छन्।

टेलिकमका अनुसार धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार थप्रेक र पुसनटार साइट पुनः सञ्चालनमा ल्याइएको हो। यी साइट सञ्चालनमा आएसँगै सम्बन्धित क्षेत्रका ठूलो संख्यामा सेवाग्राही पुनः नियमित दूरसञ्चार सेवाको पहुँचमा आएका छन्।

कल्लेरी साइट सञ्चालनमा आएपछि आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा, कल्लेरी र बेल्टारलगायत क्षेत्रका सेवाग्राहीले सेवा पाउने भएका छन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, भद्रटार थप्रेक साइटबाट पञ्चकन्या, थप्रेक, महाकाली, समुन्द्रादेवी र रालुकादेवी क्षेत्रका सेवाग्राही लाभान्वित हुनेछन्। पुसनटार साइट पुनः सञ्चालनमा आएपछि पिपलटार, देवीघाट, माझीगाउँ, सिरखाली र भुवानीवेशीलगायत क्षेत्रमा दूरसञ्चार सेवा विस्तार भएको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमका अनुसार ११३ साइट सञ्चालनमा आएसँगै बाढीअघि नेटवर्क उपलब्ध रहेका लगभग सबै स्थानमा पुनः नेटवर्क पहुँच पुगेको छ। टेलिकमले प्रभावित क्षेत्रमा आंशिक क्षमतामा सञ्चालन भइरहेका साइटलाई समेत क्रमशः पूर्ण क्षमतामा सञ्चालन गर्ने काम जारी राखेको जनाएको छ।

बाढीबाट क्षतिग्रस्त दूरसञ्चार पूर्वाधारको पुनर्स्थापना तीव्र पार्दै टेलिकमले बाँकी सातवटा प्रभावित साइट पनि क्रमिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.