शुक्रबार, श्रावण २९,२०८३ 06:11:51
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 06:11:51
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै

Prabhu Bank Limited
नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी अब अनलाइनबाटै
New Office

काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रियालाई थप सहज बनाउँदै आवश्यक विवरण अनलाइनमार्फत भर्न सकिने व्यवस्था सुरु गरेको छ। नयाँ व्यवस्थाअनुसार ग्राहकले नामसारीका लागि आवश्यक विवरण घरबाटै अनलाइन भरेपछि अन्तिम प्रमाणीकरण, दस्तुर भुक्तानी र आवश्यक कागजात बुझाउन मात्रै नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा उपस्थित हुनुपर्नेछ।

नेपाल टेलिकमका अनुसार ग्राहकले कस्टमर लगइन पोर्टलमार्फत आफ्नो पोस्टपेड मोबाइल नम्बर राखी ओटीपीबाट लगइन गर्न सक्नेछन्। त्यसपछि हालका ग्राहक र नामसारी गर्न लागेका नयाँ ग्राहकको व्यक्तिगत विवरण भर्नुपर्नेछ। साथै, पछिल्लो एक महिनाको अवधिमा उक्त नम्बरबाट कल गरिएका पाँचवटा मोबाइल नम्बरसमेत विवरणमा उल्लेख गर्नुपर्नेछ।

अनलाइनमा आवश्यक विवरण भरेपछि अन्तिम प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। नामसारी दस्तुर बुझाउनुका साथै सक्कल नागरिकता प्रस्तुत गरी प्रमाणीकरण पूरा गर्न सकिनेछ। कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत पनि अन्तिम प्रमाणीकरण गराउन सक्ने व्यवस्था गरिएको छ।

CG Motors

नेपाल टेलिकमले अनलाइनबाटै अधिकांश विवरण भर्न सकिने भएकाले कार्यालयमा लाग्ने समय घट्नुका साथै पोस्टपेड सिम नामसारी प्रक्रिया थप सरल र सहज हुने अपेक्षा गरेको छ।

हाल यो अनलाइन नामसारी सेवा व्यक्तिगत ग्राहकका लागि मात्र उपलब्ध रहेको छ। कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित नेपाल टेलिकम कार्यालयमै उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X