काठमाण्डौ । नेपाल टेलिकमले ‘मोबाइल प्वइन्ट अफ सेल(एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराएको छ । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरु अपनाउन सकिन्छ ।
यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथैःमोबाइल प्वइन्ट अफ सेल र नेमस्ते पे, ई–सेवा,खल्ती,आइएमई पे लगायतका डिजिटल वालेटहरु विकल्पको रुपमा रहेका छन् ।
कम्पनीले मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्मका लागि एमपीओएस रिचार्जमा बोनस उपलब्ध गराएको छ । जसअन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ३ दिनका लागि २० मिनेटसम्म नेट भ्वाइस,१०० देखि १९९ रुपैयाँ रिचार्जमा ३ दिनका लागि ५० मिनेट,२०० देखि ४९९ रुपैयाँसम्मका लागि २ दिनका लागि २ जीबी डेटा(१ जीबी प्रत्येक दिन) र ५ सय भन्दा माथिका रिचार्जमा ४ दिनका लागि ८ जीबी(प्रत्येक दिन २ जीबी)डेटा बोनसका रुपमा पाइने छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।