आईतवार, भाद्र १,२०८२ 08:12:21
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:12:21
IME remit
Global IME Bank Limited

आम्दानी घटेसँगै नेपाल टेलिकमको नाफामा ५७% को गिरावट, इपीएस १४ रुपैयाँमा सीमित

Hyundai Nepal
आम्दानी घटेसँगै नेपाल  टेलिकमको नाफामा ५७% को गिरावट, इपीएस १४ रुपैयाँमा सीमित
Shivam Cement

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को आम्दानीमा ८.०३ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ३८ अर्ब ७३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  

आम्दानी घटेसागै कम्पनीको खुद नाफामा ५७.२१ प्रतिशतको गिरावट आएको छ । कम्पनीले उक्त अवधिसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको रिजर्भको आकार ७१ अर्ब १५ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब ६८ करोड रुपैयाँ र कुल चालु दायित्व १८ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३४.६४ रुपैयाँबाट घटेर १४.८२ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ४९५.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ६७१.०६ रुपैयाँ, तरलता अनुपात २.४० प्रतिशत र पीई अनुपात ५९.१८ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.