बुधबार, फाल्गुन ६,२०८२ 02:30:13
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:30:13
Bizshala
Global IME Bank Limited

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर,यस्ता छन् सुविधा

प्रजातन्त्र दिवसका अवसरमा टेलिकमले ल्यायो विभिन्न अफर,यस्ता छन् सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न प्रकारका अफर ल्याएको छ । टेलिकमले शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो ।  

यो अफर आज फागुन ६ गतेदेखि सुरु भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो अफरअन्तर्गत यस्ता छन् सुविधा

– साविक बमोजमको फ्री रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।  

– एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको यियर्ली वान एयर टाइम प्याकेज र कम्बो यियर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।  

-कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।  

आगामीफागुन १२ गतेसम्मआफ्नो मोबाइलबाट *1415*11#  डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप्याकहरु उपयोग गर्न सकिन्छ । 

 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.