बुधबार, बैशाख १६,२०८३ 08:03:15
Bizshala
  • बुधबार, बैशाख १६,२०८३ 08:03:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

Bizshala
रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही बैशाख १३ देखि औपचारिक रूपमा सार्वजनिक गरेको छ । नवप्रवर्तन, उच्च कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको कम्पनीको भनाई छ । 

प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली प्रोसेसिङ क्षमता र लामो समयसम्मको ब्याट्री क्षमतालाई आकर्षक तथा मजबुत डिजाइनमा समेटेको छ ।

यस प्रिमियम स्मार्टफोनको प्रमुख आकर्षण २०० मेगापिक्सेलको अल्ट्रा–लाइट पेरिस्कोप टेलिफोटो क्यामेरा रहेको छ, जसले तस्बिरको गुणस्तरमा कुनै सम्झौता नगरी टाढाबाट पनि उच्च विवरणसहित जुम सुविधा प्रदान गर्ने बताइएको छ । 

साथै, परिष्कृत रियर भिडियो रेकर्डिङ सुविधा समेत समावेश गरिएको छ, जसअन्तर्गत ३० फ्रेम प्रति सेकेन्डमा ८ के, ६० फ्रेम प्रति सेकेन्डमा ४के, साथै ३० फ्रेम प्रति सेकेन्ड र १२० फ्रेम प्रति सेकेन्डमा ४के तथा १०८०पी रेकर्डिङ सुविधा उपलब्ध छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जसले विभिन्न शूटिङ अवस्थाहरूमा उच्च गुणस्तरका सिनेम्याटिक भिडियो खिच्न सकिने बताइएको छ । यसलाई रिकोह जीआर इमेजिङ प्रणालीले थप परिष्कृत बनाएको छ, जसले प्रकाशको अवस्थाअनुसार स्पष्ट, प्राकृतिक तथा व्यावसायिक गुणस्तरका तस्बिर खिच्न सहयोग पु¥याउँछ ।

त्यस्तै, उपकरणमा नवीनतम स्न्यापड्रागन ८ एलिट जेन ५ फ्ल्यागशिप प्रोसेसर प्रयोग गरिएको छ, जसलाई उन्नत हाइपर भिजन प्लस एआई चिपले साथ दिएको छ । 

यस संयोजनले गेमिङ, बहुकार्य सञ्चालन तथा सामग्री निर्माणका क्रममा उच्च कार्यसम्पादन, उत्कृष्ट ऊर्जा दक्षता र समग्र प्रयोग अनुभवमा उल्लेखनीय सुधार ल्याउने बताइएको छ ।

जीटी ८ प्रो सिरिज ब्याट्री र चार्जिङ क्षमताका कारण पनि विशेष रहेको छ । यसमा ७००० मिलिअम्पियर–घण्टाको टाइटन ब्याट्री समावेश गरिएको छ । जसले लामो समयसम्म निरन्तर प्रयोगको सुविधा प्रदान गर्ने बताइएको छ ।

१२० वाट सुपरभोक फ्ल्यास चार्जिङमार्फत केही मिनेटमै उपकरण चार्ज गर्न सकिनेछ भने ५० वाट वायरलेस फ्ल्यास चार्जिङले दैनिक प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ ।

CG Motors
Garima Development Bank
IME remit

साथै, डिस्प्ले अन्तर्गत यस स्मार्टफोनमा १४४ हर्ज रिफ्रेस रेटसहितको २के अल्ट्रा–ब्राइट स्क्रिन उपलब्ध छ, जसको अधिकतम उज्यालोपन ७००० निट्ससम्म पुग्छ । यसले बाहिरी उज्यालो वातावरणमा पनि स्पष्ट दृश्यता प्रदान गर्ने बताइएको छ । उचस्तरीय मेकानिकल संरचनाले उपकरणको मजबुती बढाउँदै प्रिमियम डिजाइन र प्रिमियम अनुभवलाई कायम राखेको कम्पनीले जनाएको छ ।

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज क्षमतासहित उपलब्ध रहेको छ । विन्ड मुभ्स ह्वाइट भेरियन्टको मूल्य १ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने एस्टन मार्टिन ग्रिन भेरियन्टको मूल्य १ लाख ५९ हजार ९९९ रुपैयाँ रहेको छ । 

यो स्मार्टफोन देशभर उपलब्ध भइसकेको छ, साथै, ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा समेत प्रदान गरिएको छ, जसले फ्ल्यागशिप स्मार्टफोनको पहुँचलाई थप सहज बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

यस फोनको सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्ताका लागि प्रतिस्पर्धी मूल्यमा उच्चस्तरीय प्रविधि र अर्थपूर्ण नवप्रवर्तन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X