आईतवार, बैशाख ६,२०८३ 08:48:17
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:48:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईफोन १७ मा पाइनेछ ३ गुणा फास्ट चार्जिङ, यस्तो छ कम्पनीको तयारी

Bizshala
आईफोन १७ मा पाइनेछ ३ गुणा फास्ट चार्जिङ, यस्तो छ कम्पनीको तयारी
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले यो वर्ष आईफोनको लेटेस्ट सिरिज सार्वजनिक गर्दैछ । जसको नाम आईफोन १७ र आईफोन १७ प्रो हुनेछ । रिपोर्टका अनुसार यो फोन सिरिजमा कम्पनीले फास्ट वायरलेस चार्जिङ उपलब्ध गराउने भएको छ । जसले एकदम कम समयमा ब्याट्रीलाई चार्ज गर्न सक्छ ।  

रिपोर्टका अनुसार योपटक कम्पनीले म्यागसेफ चार्जरलाई अपडेट गर्न सक्छ । जसको सहायताले प्रयोगकर्ताले फास्ट चार्जिङ फिचर प्राप्त गर्न सक्नेछन् । यो ५० वाटको फास्ट चार्जर हुन सक्ने जनाइएको छ । यो चार्जिङ क्यापिसिटी वर्तमान म्यागसेफ चार्जिङ क्यापिसीटीको तुलनामा करिब ३ गुणा बढी हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एप्पलले यो पटक आईफोन १७ एयर नामको मोडल समेत लञ्च गर्न सक्ने जनाइएको छ ।  

म्यागसेफ चार्जिङ प्रविधिका अनुसार आउनेवाला पावरबैंक ह्याण्डसेटको बैंक प्यानलसँग जोडिनेछ । जसमा म्याग्नेटिक फिल्डको प्रयोग गरिन्छ । एकपटक पावर बैंक ह्याण्डसेटसँग जोडियो भने फोन चार्ज हुन सुरु गर्छ । अहिले चार्जिङमा केही समय लाग्ने गरेको छ । तर अब ५० वाटको वायरलेस चार्जिङको क्रममा लाग्ने समय कम गर्न सकिनेछ ।  

CG Motors
Garima Development Bank
IME remit

म्यागसेफले आगामी दिनमा नयाँ मोडल चार्जिङ प्याड लञ्च गर्न सक्छ । जुन मोडलको नाम ए३५०२ र ए३५०३ रहेनछ । यो नम्बर ताइवानको नेशनल कम्युनिकेशन कमिशनको डेटा बेसबाट सार्वजनिक भएको हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.