आईफोन १७ सिरिजको लञ्च मिति तय, के–के हुनेछ नयाँ ?
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बर ९ तारिखमा आईफोन १७ सिरिज लञ्च गर्ने भएको छ । कम्पनीले आफ्नो सबैभन्दा ठूलो इभेन्टको आयोजना मिति तय गर्दै यस्तो घोषणा गरेको हो । यो इभेन्ट एप्पल पार्कस्थित स्टिभ जब्स थिएटरमा आयोजना हुनेछ । नेपाली समयअनुसार यो इभेन्ट राती १०.४५ बजेदेखि सुरु हुनेछ । एप्पलको यो लञ्च इभेन्टमा नयाँ डिजाइनमा आईफोन देख्न सकिने जनाइएको छ ।...