बिहीबार, श्रावण १४,२०८३ 02:47:12
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 02:47:12
Bizshala
Global IME Bank Limited

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक

आईफोन १७ प्रोमा पाइनेछ दुईवटा क्यामेरा कन्ट्रोल बटन, फोटोमा हुनेछ डिएसएलआर लुक
New Office

काठमाण्डौ । एप्पलको आईफोन १७ सिरिज यस वर्षको अन्त्यमा लन्च गरिनेछ। लन्च हुनु अघि नै यो फोनको  विवरणहरु लीक भईरहेको छ । यस सिरिजमा कम्पनीले आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र एआईआर मोडल लन्च गर्न सक्नेछ । 

यसपटक कम्पनीले एप्पल आइफोन १६ सिरिजको डिजाइन परिवर्तन गरेको थियो । आईफोन १६ सिरिजमा एउटा क्यामेरा कन्ट्रोल दिइएको थियो । यो वर्ष भने एप्पलले ठूलो परिवर्तन गर्दै आईफोन १७ प्रोमा दुईवटा क्यामेरा कन्ट्रोल बटम दिन सक्नेछ ।  

साथै, क्यामेरा एप पनि उपलब्ध हुनेछ।  

म्याकर्युमर्सका अनुसार आईफोन १७ प्रोमा ८ एक्ससम्मको जुम सपोर्ट प्राप्त हुनेछ । यसबाट टाढाको वस्तुको पनि राम्रो फोटो क्लिक गर्न सकिनेछ। यो आईफोन १५ प्रो म्याक्समा भन्दा ५ गुणा बढी हो। रिपोर्टका अनुसार नयाँ लेन्सले विभिन्न फोकल लम्बाइहरूमा निरन्तर जुम क्षमता प्रदान गर्नेछ। यसबाहेक एप्पलले यसपटक फोनमा क्यामेरा एप पनि उपलब्ध गराउन सक्नेछ । प्रयोगकर्ताहरूले यस एपमा उन्नत फोटो र भिडियो उपकरणहरू प्राप्त गर्नेछन्।

यसले हेलीदे र फिल्मीक प्रो जस्ता थर्ड पार्टी एपहरूलाई कडा प्रतिस्पर्धा दिनेछ। यो एप आईफोन १७ प्रो लाइनअपका लागि मात्र हो कि पुराना आईफोनहरूमा पनि उपलब्ध गराइने भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।

हालसम्म कम्पनीले आईफोन १७ सिरिज लन्च गर्ने बारे कुनै आधिकारिक घोषणा गरेको छैन। लीक रिपोर्टहरू अनुसार, यो सिरिज सेप्टेम्बर १७ मा लञ्च हुनसक्छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.