बुधबार, भाद्र ११,२०८२ 02:34:05
  • बुधबार, भाद्र ११,२०८२ 02:34:05
Global IME Bank Limited

आईफोन १७ सिरिजको लञ्च मिति तय, के–के हुनेछ नयाँ ?

Hyundai Nepal
आईफोन १७ सिरिजको लञ्च मिति तय, के–के हुनेछ नयाँ ?
Shivam Cement

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आगामी सेप्टेम्बर ९ तारिखमा आईफोन १७ सिरिज लञ्च गर्ने भएको छ । कम्पनीले आफ्नो सबैभन्दा ठूलो इभेन्टको आयोजना मिति तय गर्दै यस्तो घोषणा गरेको हो ।  

यो इभेन्ट एप्पल पार्कस्थित स्टिभ जब्स थिएटरमा आयोजना हुनेछ । नेपाली समयअनुसार यो इभेन्ट राती १०.४५ बजेदेखि सुरु हुनेछ । एप्पलको यो लञ्च इभेन्टमा नयाँ डिजाइनमा आईफोन देख्न सकिने जनाइएको छ । यसका साथै यसपटक आईफोनको पातलो डिजाइन अर्थात ‘आईफोन एयर’पनि लञ्च हुने सम्भावना रहेको छ ।  

यो एकदमै स्लिम फोन हुनेछ, त्यसैले यसको नाम ‘एयर’राखिएको छ । यो फोनको डिस्प्ले ६.६ इन्च हुने जनाइएको छ । यसका साथै यसमा एप्पल आफैले बनाएको सीवान मोडेम समेत प्रयोग हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तथापी यो फोनको पछिल्लो भागमा एउटा मात्रै क्यामेरा हुने जनाइएको छ । यो फोनले आईफोनको प्लस मोडलको स्थान लिनेछ । यसको अर्थ यसपटक आईफोन १७, आईफोन १७ प्रो रआईफोन १७ प्रो म्याक्स मात्रै देख्न सकिनेछ ।  

आईफोन १७ प्रो मोडलमा कयौं ठूला र अत्यावश्यक सुधार देख्न सकिनेछ । सबैभन्दा पहिलेत यी मोडलहरुमा पहिलेको भन्दा बलियो आल्मुनियम फ्रेमको प्रयोग गरिनेछ । यसपटक एप्पलले टाइटेनियमलाई बिदाई गर्न सक्छ । उच्च स्तरको आल्मुनियमको फ्रेमको प्रयोगले फोन धेरै टिकाउ र बलियो हुनेछ । ्

यसका साथै पछिल्लो भागको क्यामेरा मोड्युलको डिजाइन पनि पूर्ण रुपमा परिवर्तन हुनेछ । सम्पूर्ण आईफोन १७ सिरिजमा एप्पलको नयाँ ए१९ र ए१९ प्रो प्रोसेसर चिप्स प्रयोग हुनेछ । जसले फोनको पर्फरमेन्सलाई चुस्त बनाउनेछ । सबैभन्दा खुसीको कुरा आईफोन १७ को सबै मोडलमा प्रोमोसन डिस्प्ले उपलब्ध हुनेछ । अहिलेसम्म भने यो फिचर्स प्रो मोडलमा मात्रै उपलब्ध हुँदै आएको थियो । यो फिचर अब बेसिक मोडलमा समेत उपलब्ध हुने जनाइएको छ । प्रो मोसन डिस्प्लेको अर्थ स्क्रिन १२० हर्जको रिफ्रेस रेटका साथ काम गर्नेछ ।  

आईफोनको इभेन्टमा आईफोन १७ सिरिजका साथै एप्पल वाच सिरिज११, एप्पल वाच अल्ट्रा थ्रि र एप्पल वाच एसई थ्रि लञ्च गरिनेछ । यस्तै एयरपड प्रो थ्रि पनि आउने सम्भावना रहेको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.