काठमाडौं । फुटबल विश्वकपको माहोललाई लक्षित गर्दै सामसङ नेपालले आफ्ना टेलिभिजन ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले विश्वकप सिजनभर ग्राहकलाई आकर्षक छुट, क्यासब्याक, निःशुल्क नेटटिभी प्याकेज, विश्वकप लाइभ सब्सक्रिप्सन तथा सजिलो किस्ता सुविधासहितको योजना ल्याएको हो।
सामसङ नेपालका अनुसार आगामी जुलाई १९ सम्म लागू हुने यस अफरअन्तर्गत ग्राहकले चयनित टिभी मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन्। कम्पनीले विश्वकपको रोमाञ्चक अनुभवलाई घरमै रंगशालाजस्तै बनाउन यो योजना ल्याएको जनाएको छ।
विशेषगरी ७५ इन्च र ८५ इन्चका प्रिमियम टिभी खरिद गर्ने ग्राहकले बजार मूल्य ४९ हजार ९९० रुपैयाँ पर्ने साउन्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्। यसले ठूलो स्क्रिनसँगै उत्कृष्ट अडियो अनुभव पनि उपलब्ध गराउने कम्पनीको दाबी छ।
अफरअन्तर्गत क्यूएलईडी (QLED) र यूएचडी (UHD) टिभी खरिदकर्ताले १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज तथा विश्वकप लाइभ सब्सक्रिप्सन प्राप्त गर्नेछन्। त्यस्तै, एफएचडी (FHD) र एचडी (HD) मोडेल खरिद गर्ने ग्राहकलाई ६ महिनासम्मको नेटटिभी प्याकेज र विश्वकप लाइभ हेर्ने सुविधा उपलब्ध गराइनेछ।
सामसङले ग्राहकलाई सहज खरिदको अवसर दिन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत १२ र २४ महिनासम्मको शून्य प्रतिशत ब्याजदर (०% EMI) मा किस्ताबन्दी सुविधा पनि उपलब्ध गराएको छ। यसले महँगा टेलिभिजन सेटहरू पनि सहज रूपमा खरिद गर्न सकिने कम्पनीको विश्वास छ।
त्यसैगरी, नयाँ टिभी खरिद गर्न चाहने ग्राहकले पुरानो टिभी वा अन्य उपकरण एक्सचेन्ज गरेर समेत नयाँ सामसङ टिभी लिन सक्ने व्यवस्था गरिएको छ। यो सुविधा देशभर रहेका आधिकारिक सामसङ शोरुम तथा अर्कोस्टोरमार्फत उपलब्ध हुनेछ।
विश्वकपको उत्साह चरममा पुगिरहेका बेला स्यामसङको यो योजना नेपाली फुटबल समर्थकका लागि ठूलो स्क्रिन, उत्कृष्ट ध्वनि र प्रत्यक्ष प्रसारणको अनुभव कम लागतमा प्राप्त गर्ने अवसरका रूपमा हेरिएको छ।

