काठमाण्डौ । नेपाल टेलिकम(एनटीसी)को खुद नाफामा ३.३६ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा बढेता पनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६.०३ प्रतिशतले कम हो । कम्पनीको रिजर्भको आकार ७४ अर्ब ३३ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.११ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ६६ अर्ब ३४ करोड रुपैयाँ र कुल चालु दायित्व ३९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस ४०.०९ रुपैयाँबाट बढेर ४१.४४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९९ रुपैयाँ र पीई अनुपात २०.१३ गुणा कायम भएको छ ।