बिहीबार, श्रावण १४,२०८३ 12:15:04
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:15:04
Bizshala
Global IME Bank Limited

सबिना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त

सबिना मास्के नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नियुक्त
New Office

काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्।  

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ साल जेठ २८ गतेको नियुक्ति पत्रमार्फत उनलाई सो पदमा तोकिएको हो।

यसअघि मास्के कम्पनीमा नायब प्रबन्ध निर्देशकका रूपमा प्रमुख प्राविधिक अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले २०८२ अजठ २८ गतेबाट औपचारिक रुपमा निमित्त प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी छिन् ।  

चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट इञ्जिनियरिङ (बी.ई.) अध्ययन गरेकी मास्केले २०४९ साल माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा अस्थायी इन्जिनियरका रूपमा सेवा सुरु गरेकी थिइन् ।  

त्यसपछि २०५१ फागुन १० मा स्थायी नियुक्ति प्राप्त गरेकी उनी २०७८ माघ १८ मा नायब प्रबन्ध निर्देशकमा पदोन्नति भएकी थिइन् ।  

पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा सरकारबाट प्राप्त जिम्मेवारीलाई इमानदारीका साथ सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले सबैको साथ र सहयोग लिएर कम्पनीको प्रगतिका लागि अग्रसर हुने बताएकी टेलिकमले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.