काठमाण्डौ । नेपाल टेलिकम(एनटीसी)को खुद नाफामा ७.०६ प्रतिशतको कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको कुल आम्दानी २१ अर्ब ३० करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३.५८ प्रतिशतले कम हो । कम्पनीको रिजर्भको आकार ४.३० प्रतिशतले घट्दै ७२ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ६७ अर्ब ६ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ५०३.७६ रुपैयाँ र पीई अनुपात २०.६२ गुणा कायम भएको छ ।