मंगलवार, आश्विन ६,२०८३ 05:30:39
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 05:30:39
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमले ११ जिल्लाका १३ स्थानमा सञ्चालनमा ल्यायो नयाँ मोबाइल साइट

नेपाल टेलिकमले ११ जिल्लाका १३ स्थानमा सञ्चालनमा ल्यायो नयाँ मोबाइल साइट
New Office

काठमाण्डौ। नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ टूजी र फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेले जानकारी दिए। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा समेत सुधार आउने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार बागमती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका–३ को कार्यालय क्षेत्र र च्याउन्डाँडामा नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। त्यस्तै, चितवनको मोहनपुर, गण्डकी प्रदेशको नवलपुरस्थित पोखरीडाँडा र लमजुङको मध्यनेपालमा पनि नयाँ साइट सञ्चालन गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ।

कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्लारोडमा नयाँ साइट सञ्चालन गरिएको टेलिकमले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडिमालिका, डडेल्धुराको गाङ्खेत र दार्चुलाको रिठाचौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमका अनुसार नयाँ साइटबाट सम्बन्धित क्षेत्रमा मोबाइल फोन तथा डेटा सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार हुनेछ। दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा आगामी दिनमा पनि क्रमशः नयाँ मोबाइल साइट थप गर्दै जाने टेलिकमको योजना छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.