मंगलवार, आश्विन २८,२०८२ 05:34:36
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 05:34:36
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमको नाफामा १६.४४% को गिरावट, आम्दानी र ईपीएस पनि घट्यो

Hyundai Nepal
नेपाल टेलिकमको नाफामा १६.४४% को गिरावट, आम्दानी र ईपीएस पनि घट्यो
Shivam Cement

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को नाफा र आम्दानी दुवैमा कमी आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म ६ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६.४४ प्रतिशतले कम हो । अघिल्लो आवको अन्त्यसम्म भने कम्पनीले ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

नाफासँगै कम्पनीको आम्दानीमा पनि गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४१ अर्ब ६१ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६.३२ प्रतिशतले कम हो ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको रिजर्भको आकार ७६ अर्ब ५७ करोड रुपैयाँबराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.८३ प्रतिशतले बढी हो । कम्पनीको कुल चालु सम्पत्ति ४९ अर्ब ९४ करोड रुपैयाँ र कुल चालु दायित्व १९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।  

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि घटेको छ । कम्पनीको ईपीएस ४४ रुपैयाँबाट घटेर ३६.७७ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५२५.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५८.४६ रुपैयाँ र पीई अनुपात २२.९८ गुणा कायम भएको छ ।  

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.