बुधबार, फाल्गुन ६,२०८२ 02:30:39
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:30:39
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा

नेपाल टेलिकमले ल्यायो ‘आईसीटी डे अफर’, यस्ता छन् सुविधा
Shivam Cement

काठमाण्डौ । आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ (नेशनल आईसीटी डे २०२४)को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘आईसीटी डे अफर’ उपलब्ध गराउने भएको छ ।  

सो अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागू हुनेछ ।  

यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।  

यसैगरी डेटा प्याकेज अन्तर्गत रु. १११ मा  ५ दिन चलाउन सकिने ६ जीबी डेटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जीबी डेटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध हुनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ । 

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।  

आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइल बाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकमएप’प्रयोग गरी यीप् याकेजहरु खरिद गर्न सकिने छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.