बुधबार, भाद्र ३,२०८३ 02:41:56
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:41:56
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमद्वारा गोसाइँकुण्ड जाने पदमार्गमा टुजी बीटीएस सञ्चालन

नेपाल टेलिकमद्वारा गोसाइँकुण्ड जाने पदमार्गमा टुजी बीटीएस सञ्चालन
New Office

काठमाण्डौ । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।  

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएकोे हो । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरी विनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि फोरजी नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको छ ।  

Bizshala
CG Motors

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालन आएपश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासिन्दा समेत सेवाबाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।  

दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवाविस्तार गरेको जनाएको छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको कम्पनीको भनाई छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.