बुधबार, भाद्र १०,२०८३ 03:55:00
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 03:55:01
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा सहजीकरण, निःशुल्क कल तथा डाटा सुविधा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा सहजीकरण, निःशुल्क कल तथा डाटा सुविधा
New Office

काठमाण्डौ । बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सतर्कता अपनाउन आग्रह गर्दै नेपाल टेलिकमले एसएमएसमार्फत सचेत गराएको छ।

बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई राहतस्वरूप नेपाल टेलिकमले दुई दिनसम्म निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस उपलब्ध गराउने भएको छ। साथै, सेवाग्राहीलाई बाढीबाट सुरक्षित रहन सचेत गराउने उद्देश्यले सचेतनामूलक रिङब्याक टोन समेत बजाइरहेको जनाएको छ।

Bizshala
CG Motors

बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी कुल सात वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण नेपाल टेलिकमले दिएको छ। त्यस्तै, गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेको जनाइएको छ।

क्षतिग्रस्त दूरसञ्चार संरचनाको मर्मत तथा सेवा पुनःस्थापनाका लागि नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर खटिएको छ। कम्पनीले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा यथासक्य छिटो नियमित बनाउन आवश्यक मर्मतसम्भार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.