मंगलवार, आश्विन १३,२०८३ 07:11:29
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:11:29
Bizshala
Global IME Bank Limited

आपत्तिजनक सन्देश प्रवाह नगर्न नेपाल टेलिकमको एसएमएस सेवा प्रदायकलाई निर्देशन

Bizshala
आपत्तिजनक सन्देश प्रवाह नगर्न नेपाल टेलिकमको एसएमएस सेवा प्रदायकलाई निर्देशन
New Office

काठमाण्डौ । नेपाल टेलिकमले एसएमएस सेवा प्रदायकहरूमार्फत प्रवाह हुने सन्देशहरूको दुरुपयोग भएको भन्दै सम्बन्धित सेवा प्रदायकलाई आपत्तिजनक सन्देश प्रवाह नगर्न कडा निर्देशन दिएको छ।

नेपाल टेलिकमका अनुसार कम्पनीले एसएमएसमा आधारित विभिन्न सेवाहरू तेस्रो पक्ष सेवा प्रदायकमार्फत सञ्चालन गर्दै आएको छ। ती सेवा प्रदायकहरूले सेवाग्राहीको आवश्यकताअनुसार सन्देश प्रवाह गर्ने तथा आवश्यक नियन्त्रण कार्य गर्दै आएका छन्। यस प्रक्रियामा नेपाल टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य व्यक्तिगत विवरण उपलब्ध नगराउने स्पष्ट पारेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हाल केही vas तथा एसएमएस सेवा प्रदायकहरूले स्वीकृत व्यवसायको दायराभन्दा बाहिर गई जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने खालका आपत्तिजनक सन्देशहरू नेपाल टेलिकमका विभिन्न मोबाइल नम्बरहरूमा प्रवाह गरिरहेको गुनासो प्राप्त भएको टेलिकमले जनाएको छ। यस विषयमा सेवाग्राही तथा राज्यका जिम्मेवार निकायहरूबाट समेत उजुरी आएको बताइएको छ।

यस सन्दर्भमा नेपाल टेलिकमले सम्बन्धित सबै एसएमएस सेवा प्रदायकहरूलाई यस्ता प्रकृतिका सन्देशहरू प्रवाह नगर्न, तत्काल नियन्त्रण गर्न र आगामी दिनमा पुनः यस्तो कार्य नदोहोर्‍याउन निर्देशन दिएको छ। चेतावनी बेवास्ता गरी पुनः यस्ता गतिविधि दोहोरिएमा सम्झौताका प्रावधानअनुसार दुई पक्षबीचको सम्झौता नै रद्द गर्न सकिने पनि टेलिकमले स्पष्ट गरेको छ।

नेपाल टेलिकमले सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य व्यक्तिगत विवरणको गोपनीयताप्रति आफू सधैँ संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि गोपनीयताको सम्मान र संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.