बुधबार, फाल्गुन ६,२०८२ 02:32:20
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:32:20
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्यायो NT Fiber Vidhyarthi Offer

नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गरी सञ्चालनमा ल्यायो NT Fiber Vidhyarthi Offer
Shivam Cement

काठमाण्डौ । देशैभर इन्टरनेट सेवाको उपयोग र माग तीव्रगतिमा विस्तार हुँदैगएको परिप्रेक्ष्यमा विद्यार्थीवर्गमा समेत उच्च गुणस्तरीय तथा किफायती इन्टरनेट सेवाप्रति विशेष चासो र आकर्षण बढ्दै गएको छ । यसै सन्दर्भलाई मध्येनजर गरी नेपाल टेलिकमले वि.सं.२०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न "NT Fiber Vidhyarthi Offer (एनटी फाइबर विद्यार्थी अफर)" सञ्चालनमा ल्याएको छ ।

आज (२०८२ कार्तिक २३ गते) नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त अफरको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै माननीय मन्त्री खरेलले आर्थिक रुपले सक्षमता नभएका विद्यार्थीवर्गका लागि सूचना प्रविधिमा पहुँच स्थापित गर्ने उद्देश्यले सहुलियतपूर्ण विशेष उपहार प्रदान गरेकोमा नेपाल टेलिकम परिवारलाई धन्यवाद ज्ञापन गरे । उनले फाइबर सेवाका ग्राहक वृद्धि गर्नका लागि बजारीकरणका उपायहरु अपनाउन अनुरोध गर्दै जनतालाई सुसूचित गर्न र सधैंभर सम्पर्क स्थापित गर्न टेलिकमले खेलेको भूमिका सराहनीय रहेको बताउँदै सुशासनको अनुभूति हुनेगरी कार्य गर्न निर्देशन समेत दिए । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले नेपाल टेलिकम राष्ट्रको सञ्चारको रुपमा रहेकोले नाफा भन्दा पनि सेवालाई प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै सेवाका साथसाथै राजश्व अभिवृद्धिलाई पनि लक्षित गरी आम्दानीको सम्भावनाका क्षेत्र पहिचान गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । 

आजबाट २०८२ माघ २२ गतेसम्म उपलब्ध हुने यस अफर अन्तर्गत करसहित रु. ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको छ, जसमा साविक बमोजिमको जडान शुल्क रु. ५०० थप लाग्नेछ । अफरको साथमा विद्यार्थीले १ थान Dual Band CPE र बढीमा १०० मिटर ड्रप फाइबर  निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी  Demand Portal मार्फत तथा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।

यस अफर अन्तर्गत उपलब्ध गराइएको FTTH Package को समयावधि (Validityसमाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने हुँदा सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनौट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् । यस अफर अन्तर्गत FTTH सेवा खरिद गर्ने विद्यार्थीले Package Validity समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको CPE भने फिर्ता गर्नुपर्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ निम्नानुसारका कागजात अनिवार्य संलग्न गर्नुपर्नेछ :

  • Valid Student ID Card
  • स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्र (Birth Certificate/ Citizenship) को प्रतिलिपि
  • नाबालिगको हकमा अभिभावकको Citizenship/License/Passport को प्रतिलिपि

जडान सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेवसाइट www.ntc.net.np मार्फत तथा ग्राहक सेवाकेन्द्रको सम्पर्क नम्बर १९८ मा कल गरी प्राप्त गर्न सकिनेछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.