मंगलवार, आश्विन ६,२०८३ 12:54:46
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 12:54:46
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमको झन्डै २० करोड सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमको झन्डै २० करोड सहयोग
New Office

काठमाण्डौ । गत २०८३ भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले नगद तथा निःशुल्क दूरसञ्चार सेवामार्फत झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।

कम्पनीले संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ भने कर्मचारीहरूको तर्फबाट थप २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरिएको छ। यसबाहेक बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क भ्वाइस कल, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड

नेपाल टेलिकमले बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संस्थागत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ हस्तान्तरण गरेको हो।

गत भदौ २४ गते आयोजित विशेष कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा सञ्चार सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार पौडेलको उपस्थितिमा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख व्यावसायिक अधिकृत गोपालसिंह केसीको समेत उपस्थिति रहेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कर्मचारीबाट २ करोड २ लाखभन्दा बढी सहयोग

नेपाल टेलिकमका कर्मचारीहरूले समेत बाढी प्रभावित नागरिकका लागि छुट्टै रूपमा २ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

कम्पनीका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट गत भदौ २२ गते २ करोड २ लाख २६ हजार ६६ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो।

प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी थिइन्।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंक प्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य तथा कर्मचारी प्रतिनिधि लोक बहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिका प्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्भर भट्टराईको समेत उपस्थिति रहेको थियो।

झन्डै ८ करोडको निःशुल्क भ्वाइस, डाटा र एसएमएस

नगद सहयोगसँगै नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराएको छ।

भदौ १० गते बाढी आएलगत्तै प्रभावित स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीले निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध गराएको थियो।

कम्पनीले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार उक्त निःशुल्क सेवा उपयोग गर्न आग्रह समेत गरेको थियो।

भदौ १० गतेदेखि सुरु गरिएको उक्त सुविधा भदौ २६ गतेसम्म उपलब्ध गराइएको थियो।

यसरी संस्थागत १० करोड रुपैयाँ, कर्मचारीको २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ तथा झन्डै ८ करोड रुपैयाँ बराबरको निःशुल्क दूरसञ्चार सेवा जोड्दा नेपाल टेलिकमले बाढी प्रभावितका लागि कुल झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको देखिन्छ।

कम्पनीले यस सहयोगबाट प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनर्स्थापना कार्यमा उल्लेख्य योगदान पुग्ने विश्वास लिएको छ।

नेपाल टेलिकमले विगतदेखि नै बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् तथा कोभिड महामारीका समयमा आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै विपद्का समयमा सञ्चार सेवाको निरन्तरता कायम गर्न तथा राहत, उद्धार र पुनर्स्थापना कार्यमा सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.