Bizshala
  • सोमबार, पुष १४,२०८२ 04:27:15
Bizshala
Global IME Bank Limited

के हो नेपाल टेलिकमले उपलब्ध गराएको एनटी फाइबर विद्यार्थी अफर ? यस्ता छन् सुविधा

Hyundai Nepal
के हो नेपाल टेलिकमले उपलब्ध गराएको एनटी फाइबर विद्यार्थी अफर ? यस्ता छन् सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले हाल विद्यार्थीहरुका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ । आगामी माघ २२ गते सम्म आवेदन मिति रहेको र विद्यार्थीहरुका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरुका लागि उपयोगी बनेको टेलिकमले जनाएको छ ।

के हो एनटी फाइबर विद्यार्थी अफर ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरुका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो ।

CG Motors
Bizshala
Garima Development Bank

सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ (FUP per day 25 GB) भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस (Throttling Speed after FUP 5 Mbps) हुनेछ । यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।

अफर लिन के गर्ने ?

एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

कुन कुन कागजात संलग्न गर्नुपर्छ ?

वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

यो अफरको समयावधि सकिए पछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरु मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।

यस सम्बन्धी विस्तृत जानकारी https://www.ntc.net.np/post/ftth-student-offer मार्फत पनि प्राप्त गर्न सकिन्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.