बुधबार, फाल्गुन ६,२०८२ 02:32:54
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 02:32:54
Bizshala
Global IME Bank Limited

के हो नेपाल टेलिकमले उपलब्ध गराएको एनटी फाइबर विद्यार्थी अफर ? यस्ता छन् सुविधा

के हो नेपाल टेलिकमले उपलब्ध गराएको एनटी फाइबर विद्यार्थी अफर ? यस्ता छन् सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल टेलिकमले हाल विद्यार्थीहरुका लागि लक्षित गरेर एनटी फाइबर विद्यार्थी अफर उपलब्ध गराइरहेको छ । आगामी माघ २२ गते सम्म आवेदन मिति रहेको र विद्यार्थीहरुका लागि मात्र उपलब्ध हुने सो अफर हाल धेरै विद्यार्थीहरुका लागि उपयोगी बनेको टेलिकमले जनाएको छ ।

के हो एनटी फाइबर विद्यार्थी अफर ?

नेपाल टेलिकमले उपलब्ध गराइरहेको फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गत विद्यार्थीहरुका लागि मात्र लक्षित गरी उपलब्ध गराइएको अफर नै एनटी फाइबर विद्यार्थी अफर हो । एनटी फाइबर अन्तर्गत भ्वाइस, डाटा, एनटीटीभी र मोबाइल डाटा उपलब्ध भइरहेकोमा विद्यार्थीका लागि डाटा मात्र उपलब्ध हुने गरी सो अफर उपलब्ध गराइएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्ष सम्म उपलब्ध छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र छ । यसबाट प्रतिदिन २५ जीबी डाटा चलाउन सकिन्छ (FUP per day 25 GB) भने त्यो भन्दा बढी डाटा खर्च भयो भने यसको स्पिड ५ एमबीपीएस (Throttling Speed after FUP 5 Mbps) हुनेछ । यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE) र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् ।

अफर लिन के गर्ने ?

एनटी फाइबर विद्यार्थी अफर लिनका लागि विद्यार्थीले आगामी माघ २२ गते भित्रै १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सकिन्छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कुन कुन कागजात संलग्न गर्नुपर्छ ?

वि.सं. २०५४ साल वा पछि जन्म मिति रहेका विद्यार्थीहरुका लागि मात्र यो अफर लागु हुनेछ । त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रुपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ । त्यसैगरी आवेदन फारमका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य पेश गर्नु पर्नेछ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

यो अफरको समयावधि सकिए पछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्दैन । यसकारण सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरु मध्येबाट छनोट गर्नु पर्नेछ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ ।

यस सम्बन्धी विस्तृत जानकारी https://www.ntc.net.np/post/ftth-student-offer मार्फत पनि प्राप्त गर्न सकिन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.