Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 04:31:04
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह नियुक्त
New Office

काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच गत साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेललाई र आज नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।

सो कार्यक्रममा आफ्नो धारणा राख्दै प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वहरूसँगको आबद्धताले युवा पुस्ता लगायत आम नागरिकसँग टेलिकमको सम्बन्ध अझ सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले यी साझेदारीहरुले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, व्यवसाय प्रवद्र्धन गर्न तथा सेवासुविधाहरूको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरे ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो र स्वदेशी लगानीको दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए । 

उनीहरूले यस सम्झौताका लागि नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन, बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

ब्रान्ड एम्बेसडरको रूपमा उनीहरुले स्वदेश तथा विदेशमा रहेका आम ग्राहकवर्गमा कम्पनीले हाल प्रदान गरिरहेका विभिन्न सेवा–सुविधाहरूको प्रचार–प्रसार तथा कम्पनीको ब्रान्ड प्रवद्र्धन सम्बन्धी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नेछन् । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.