मंगलवार, आश्विन १३,२०८३ 07:11:15
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:11:15
Bizshala
Global IME Bank Limited

नेपाल टेलिकमको ग्रुप एसएमएस सेवाअन्तर्गत एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने

Bizshala
नेपाल टेलिकमको ग्रुप एसएमएस सेवाअन्तर्गत एकैपटक १० हजारसम्म एसएमएस पठाउन सकिने
New Office

काठमाण्डौ । नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरिरहेका ग्राहकहरुले एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सुविधा उपलब्ध छ । यो सेवा प्रयोग गरेर एकै पटक २ हजार, ५ हजार र १० हजार वटा सम्म सामूहिक सन्देश पठाउन सकिन्छ ।

एउटै सन्देश धेरै जनालाई पठाउनु पर्ने अवस्थामा विभिन्न व्यक्ति वा संस्थाहरुले पहिलेदेखि नै नेपाल टेलिकमको यो ग्रुप एसएमएस सेवा उपयोग गरिरहेका छन् । यसरी एकै पटक धेरै जनालाई पठाउन सकिने ग्रुप एसएमएस सेवा हालको सन्दर्भमा समेत निकै नै उपयोगी हुन सक्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अन्तर्गत रु. १ हजार २४३ मा २ हजार एसएमएस, रु. ३ हजार १०८ मा ५ हजार एसएमएस र रु. ६ हजार २१५ मा १० हजार एसएमएस पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति वा संस्था स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि मोबाइल, डेस्कटप वा ल्यापटपबाट groupsms.ntc.net.np लगइन गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आवश्यक नम्बरहरु एक्सेल शिटमार्फत अपलोड गर्नुपर्छ । त्यसपछि एकै पटक धेरै जनालाई सन्देश पठाउन सकिन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.